८. समितिको कोष ः
(१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको जिन्सी वा नगद रकम ।
(ग) अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।
(घ) समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुन आउने रकम ।
(ङ) समितिलाई काठमाडौं जिल्ला विकास समिति, काठमाडौं महानगरपालिका वा अन्य कुनै निकायबाट प्राप्त अनुदान
रकम ।
(च) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा रहने रकम नेपालको कुनै बैंकमा खाता खोली जम्मा गरिने छ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।
(५) समितिको खाता सदस्य–सचिव र अध्यक्ष वा निजले तोकेको सदस्यको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।